×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सडक निर्माणमा चरम लापरवाही, मेलामा डालो बेच्न व्यस्त शुक्लाफाँटाकी महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : सडक निर्माणमा चरम लापरवाही, मेलामा डालो बेच्न व्यस्त शुक्लाफाँटाकी महिला

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चावहिल–जोरपाटी–साँखु सडकको निर्माणमा देखिएको चरम लापरवाहीदेखि शुक्लाफाँटा नगरपालिका– ८ का महिला मणिका धाममा लागेको मेलामा निगालोबाट बनेको डालो बेच्दै गरेकी महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
छ वर्षअघि ठेक्का भएर विस्तार थालिएको चावहिल–जोरपाटी–साँखु सडकको थलीखण्डमा काम नसकिँदा आवागमनमा हुने गरेको असहजता । साइड क्लियर, निर्माण व्यवसायीले गर्ने ढिलाइलगायतले काममा समय लाग्दा हिउँदमा धुलो र वर्षामा हिलोमा यात्रा गर्न यात्रु वाध्य छन् ।

शुक्लाफाँटा नगरपालिका– ८ का महिला मणिका धाममा लागेको मेलामा निगालोबाट बनेको डालो बेच्दै । डालो रोटी र अन्य घरायसी सामान राख्न प्रयोग हुन्छ ।

पाल्पाको तानसेनस्थित बडीज्ञान टोलको ढाका उद्योगमा रहेका तानबाट उत्पादित ढाका कपडा ।

म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनामा शनिबार आयोजित निःशुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा स्वास्थ्य परीक्षण गराउन आएका बिरामी पालो कुर्दै ।

धौलागिरि पदमार्गअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराबाट देखिएको दृश्य ।

हालै कालोपत्रे बनेको झापाको कमल गाउँपालिका– ५ स्थित पाडाजङ्गी–झर्का ९शहीद मार्ग० को कालोपत्रे सडकखण्ड । कालोपत्रे सडक निर्माण भएसँगै त्यस सडकमा चहलपहल बढ्दै गएको छ ।

चाँगुनारायण नगरपालिका–८, सुडालस्थित सरस्वती शक्ति इँटाभट्टामा काँचो इँटा बनाउँदै मजदुर । एक श्रमिकले दैनिक एक हजार वटासम्म इँटा बनाउन सक्ने उहाँ बताउनुहुन्छ ।

तनहुँको भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने सेती नदीमाथि निर्माण भइरहेको पुल । सात वर्षदेखि निर्माण कार्य थालिए पनि ठेकेदारको लापरवाहीले पुल निर्माणमा ढिलाई भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी