Skip to content
LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्स कम्पनीको १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम मौका, कहिले हुन्छ वार्षिक साधारणसभा ?

अर्थ सरोकार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने फागुन ३० गते सोमबार (आज) अन्तिम दिन रहेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको हो ।

कमपनीले चैत ९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते मंगलबार बुक क्लोज गर्ने भएको छ । तसर्थ आज सेमबारसम्म कायम सेयरधनीले लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रति नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पनि पारित हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK