(नेपालको सेयर बजार भारत भन्दा ११८ बर्ष पछि खुलेको हो भने म्यान्मार भन्दा २२ बर्ष अधि)
१) सेयर बजार सल्लाह सल्लाहा को बजार हो ! हल्ला हल्लाको बजार होईन (अर्थ मन्त्रालय, रास्ट्र बैंक, बिमा समिती, धितोपत्र बोर्ड, नेप्से, लगानीकर्ताको संगठन हल्ला मात्र गर्छन ! बजार मैत्रीपुर्ण नीति बनाउने, काम गर्ने सल्लाह गर्दैनन्)
२) सेयर बजार लगानी गर्ने platform हो! क्यासिनो जस्तो जुवा घर होईन ।
३) सेयर बजारले मुद्रास्फीति (inflation) लाई bit गर्दछ। संसारका सबै अरबपति सेयर बजारले गर्दा उहाँहरुको लगानीको सेयरको value बडेर भएको हो भनेर बिर्सिनु हुदैन।
४) सेयर बजारको अन्त्यको परिकल्पना गरिएको छैन । unexpected returns को आशाको केन्द्र विन्दु हो सेयर बजार
५) सेयर शिक्षा पढेर सकिने विध्या होइन ! नीति नियम समय अनुसार बदलिदैन जान सक्छ ! अनुभव हासिल गर्दै अगाडि बड्ने थलो हो सेयर बजार
६) नयाँ लगानीकर्ताको पहिलो ब्यापार होइन सेयर बजार आफ्नो सहायक सम्पत्ति बढाउने business हो भनेर IPO नछुटाईकन बिस्तारै लगानी बढाउने थलो हो सेयर बजार
७) सेयर बजार घिउ हो बिस्तारै लाग्छ! रक्सी होईन सेयर बजार खाने साथ लाग्ने।
८) संसारको २० वटा जति बाहेक सबै देशमा छ सेयर बजार
भारत भन्दा ११२ बर्षपछि खुलेको चाईनाको बजार भारत भन्दा ठूलो पूँजिकरणको छ । अर्थात तपाईं सेयर बजार पछाडी प्रवेश गरेपनी पुराना भन्दा राम्रो अनि धेरै कमाउन सकिने ठाउँ हो सेयर बजार
९) निराशावादीको होईन सेयर बजार ! आशावादीको केन्द्र हो सेयर बजार
१०) एक जनाको सोचले खुलेको कम्पनीले लाखौं जनालाई आर्थिक समृद्धि ल्याईदिने क्षेत्र हो सेयर बजार
त्यसैले धनीलाई नकारात्मक भावनाले हेर्नुहुदैन उनिहरु सङ्सङै प्रगति गर्ने हो भनेर अगाडि बढ्नु पर्दछ।
११) आफ्नो ToTal सम्पत्ति जति छ ! त्यतिको ८०/९०% सम्पत्तिले कमाउने सम्पत्तिमा लगाउनु भो भने तपाईंको आर्थिक प्रगति हुनेछ। ( महगो -मोबाईल घडी दराज सुन पलग सवारीसाधन आवसिय घर भन्दा कमर्सियल सेयर equity उधोग, घर /जमिन, ऋणपत्र, mutual fund, SIP, FD मुद्द्ती रसिद, बचत, जीवन बिमा, कृषि जमिन, मेसिनरी औजार, पशु पालन, नै उत्तम हो।
१२) सेयर किन्दा किनेपछी म राती निदाउन सक्ने कम्पनीको सेयर खरिद गर्छु।
१३) सेयर जोखिम लगानीको क्षेत्र हो यहि जोखिमबाट उच्च मुनाफा कमाउन सकिन्छ ।
कुन शेयर किन्ने ? भन्ने कुरा धेरै कुरामा भर पर्छ जस्तो;
– लगानीको समय र आशा गरेको प्रतिफल
– लगानीको उद्देश्य
– रिस्क लिन सक्ने क्षमता
– तपाईसंग भएको ज्ञान र धैर्यता
– लगानी योग्य रकम र लगानीको लागत
– तपाइले शेयर मार्केटमा दिन सक्ने समय
— दवाब थेग्ने
लगानीको समय, उद्देश्य र आशा गरेको प्रतिफल ! अल्पकालीन लगानी तथा कारोबार;
-अल्पकालिन हो भने आधारभूत पक्ष भन्दा पनि टेक्निकलको तालिम लिएर गर्नु भयो भने राम्रो प्रतिफल हुन सक्छ, सतप्रतिसत नमिले पनि मानविय ब्यबहार बुझने राम्रो माध्यम टेक्निकल एनालिसिस हो |
तर नेपाली बजारको डाटा सिस्टम र रयुमर केन्द्रीत कारोबारले टेक्निकल एनलाईसिसलाई धेरैजसो फेल खुवाउने गरेको छ । यद्यपि बजार ब्यवस्थित हुँदै जाँदा यो पनि भरपर्दो हुँदै जान्छ ।
-समाचारको भरमा कारोबार गर्ने सोच्दै हुनुहुन्छ भने खातामा सेयर आउन कति समय लाग्छ कति मूल्य बढ्छ र कति सप्लाई आउन सक्छ पनि विचार गर्नुहोला,
– सेबोनले भित्रि कारोबारमा लगाम लगाउन नसकेको कारणले गर्दा राम्रा भनिएका कम्पनिमा पनि फस्न सक्ने सम्भावना नकार्न सकिदैन।
– कर्नरिङ गरेर फन्डामेन्टल सपोर्ट नभएका कम्पनीहरुको कृतिम कारोबारले प्राबिधिक बिश्लेषणलाई प्रभावित पारिरहेका छन।
– नियामकमा बस्नेहरु नै ठुला लगानीकर्ता हुँदा पोलिसी करप्सनले इन्साइडर कारोबारलाई फराकिलो बनाइरहेको छ । यसमा पनि ध्यान दिनुपर्छ ।
-आधारभूत पक्ष राम्रो नभएको कम्पनि ‘ट्रेड’ गर्न भनेर किनेर घट्यो भनेर इन्भेस्टमेन्टको रुपमा परिबर्तन नगर्नु होला ‘प्रोपर स्टप लस’ लगाएर मात्र कारोबार गर्नु होला, त्यस्ता स्टकहरु बढ्दाभन्दा धेरै स्पिडमा घट्ने गरेको हुन्छन ।
– एक हप्ता, एक महिनामा यति नाफा कमाउछु भन्ने उद्देश्य राख्नुहुन्छ भने त्यति नै गुमाउन पनि तयार हुनुपर्छ ।
-फेसबुक र भाईबर ग्रुप तथा क्लब हाउसमा सुनिने विज्ञ/विश्लेषक र खेलाडी भनाउदाका कुरा त सुन्नुस तर उनीहरुले बोलेको दिएको सुचनाको ‘भेरीफाई’ गर्नुस् ।
उनीहरुले ‘पम्प’ गरिसकेका स्टक ‘डम्प’ गर्नका लागि ‘मुर्गा’ खोजिरहेका पनि हुनसक्छन ।
– दिर्घकालिन लगानीको लागि सेयर किन्ने। नगद तरलताको ब्याक अप राख्नु राम्रो।
– दिर्घकालिन लगानी गर्दा जहिले पनि राम्रो स्टक फिल्टर गरेर लिने।
– सकेसम्म ऋण लिएर लगानी नगर्नु होला ।
-तर ऋण लिएर लगानी गरेपनि कम्पनीले दिने लाभान्शले ब्याज खर्च धान्न सक्छ भने ढुक्क भएर गरे हुन्छ ।
-यसैले नियमित लाभांश दिइरहेका र मध्यम पुजी (पूँजीबृद्धीको आवश्यकता भएका) कम्पनीहरु छान्दा बेस।
जय सेयर बजार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्