नयाँ दिल्ली । भारतीय विदेश मन्त्रालयले मानवीय सहायताको कुल तीन चरणमा पोल्याण्ड पठाइ सकिएको र चौथो चरणमा औषधि, चिकित्सा उपकरण, राहत सामग्री आदि सहित रोमानिया पुर्याइएको बताएको छ । रुसले युक्रेनमाथि आक्रमण बढाएपछि युक्रेनमा रहेका मानिसहरु छिमेकी मुलुक पोल्यान्ड प्रवेश गर्ने क्रम बढ्दो छ । यही क्रममा भारतले पोल्यान्डलाई मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।
‘हिजो बिहान पठाइएको एक चरणको मानवीय सहायतासहित पोल्याण्डमा जम्मा तीन किस्ता सहायता पठाइएको छ । रोमानिया पुगेको चौथो चरणमा औषधि, चिकित्सा उपकरण, राहत सामग्री आदि समावेश छ,’ रुसको सैन्य अपरेशनको बीचमा युक्रेनबाट भारतीय नागरिकहरूलाई फिर्ता ल्याउन अपरेशन गंगाको विशेष ब्रीफिंगमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने ।
भारतले मंगलबार पोल्याण्ड हुँदै युक्रेनलाई मानवीय सहायताको पहिलो किस्ता पठाएको हो । सामानमा औषधि, स्वास्थ्य उपकरण र अन्य राहत सामाग्री रहेको थियो । भारतीय विदेश मन्त्रालयको स्रोतका अनुसार पाल, कम्बल, सर्जिकल पञ्जा, सुरक्षात्मक आँखा गियर, पानी भण्डारण ट्यांकी, सुत्ने म्याट, तिरपाल र औषधिहरू सहित दुई टन मानवीय सहायता युक्रेन पठाइएको छ । रुसले २४ फेब्रुअरीदेखि लगातार आक्रमण जारी राख्दा हजारौंको मृत्यु भएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्