×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच समझौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच समझौता

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गर्न हेफर नेपालसंग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकले हेफर नेपालसंगको सहकार्यमा देशका विभिन्न स्थानहरुमा बैंकिङ क्षेत्र भन्दा बाहिर रहेका महानुभावहरुलाई बैंकिङ चेतना अभिबृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ पहुँचमा ल्याउने लक्ष्यले सम्झौता गरेको हो ।

उक्त कार्याक्रम संचालनको लागि बैंक र हेफर नेपालको सहकार्यमा बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी विभिन्न सन्र्दभ सामाग्री निमार्ण गरि यस कार्यक्रमलाई प्रभावकारी बनाउन बैंक र हेफर नेपाल प्रतिबद्ध रहेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरे तथा हेफर नेपालको प्रमुख डा. शुभ नाथ महतोले हस्ताक्षर गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी