Skip to content
LAXMI SUNRISE BANK

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, चैत १७ गते हुँदैछ वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने चैत २ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न लागेको १०.५२ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगदसहित कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको वार्षिक साधारणसभा भने चैत १७ गते हुने भएको छ । सभाअम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजेबाट हुने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK