तनहुँका । गण्डकी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा गण्डकी साकोस संचालकहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रम तनहुँको बन्दिपुरमा सञ्चालन भएको छ । बुधबार होटल दरवार हिमालयको सभाहलमा संस्थाको अध्यक्ष पोषणराज सुवेदीको अध्यक्षतामा शुभारम्भ भएको हो ।
संस्थाका सचिव कुल प्रसाद पाण्डेले संचालन गरेको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्थागत मन्तव्य राखेका थिए । पानसमा दियो प्रज्वलित गरि संस्थाका अध्यक्ष पोषणराज सुवेदीद्वारा उद्घाटन भएको कार्यक्रमा संस्थाका अध्यक्षले तालिमको आवश्यकता र महत्वको वारेमा प्रष्ट पारी कार्यक्रम समापन भएको थियो ।
प्राविधिक सहयोग रुपमा नेफ्स्कूनवाट वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र सुमन राज घिमिरे प्रशिक्षकको रुपमा रहेका छन् । ४ दिन सम्म संचालनहुने तालिममा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, उप समिति र कर्मचारी गरी २६ जनाको उपस्थिती रहेको छ । तालिम कार्यक्रम २०७८ साल चैत्र ५ गते सम्म संचालन हुनेछ ।