×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७३.६८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित जीवन विकास लघुवित्तले बोलायो चैत २५ गते वार्षिक साधारणसभा

PRIME CA

७३.६८ प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्तावसहित जीवन विकास लघुवित्तले बोलायो चैत २५ गते वार्षिक साधारणसभा

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चैत २५ गते शुक्रबार हुने भएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा हुने भएको छ । उक्त सभा बिहान १०ः३० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले कम्पनीले प्रताव गरेको ७३.६८प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको हो । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने एजेण्डा पनि रहेको छ ।

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विषय पनि रहेको छ । साथै अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ११ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: