×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माडीमा आगलागी, ६० लाख बराबरको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माडीमा आगलागी, ६० लाख बराबरको क्षति

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा  ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल ९७० बोरा० कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम तथा अन्य भाँडावर्तन जलेर नष्ट भएको छ ।
यस्तै फार्ममा रहेको तयारी कुखुरा एक हजार २०० तथा झण्डै एक हजार चल्ला नष्ट भएको उहाँले जानकारी दिनुभयो । बिहान ४ः३० बजे आगलागी भएको हो । स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी