×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘थोत्रो’ टिएमएसमाथि अर्थमन्त्रीको चासो, सेयर कारोबार रोकिनु गम्भीर भएको भन्दै तत्काल छानविन गर्न निर्देशन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘थोत्रो’ टिएमएसमाथि अर्थमन्त्रीको चासो, सेयर कारोबार रोकिनु गम्भीर भएको भन्दै तत्काल छानविन गर्न निर्देशन !

Artha Sarokar

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कहिले चल्ने, कहिले नचल्ने, सेयर बजार अलि बढ्न खोजेपछि समस्या आइहाल्ने, कतै समस्या आउने फेरी ठुलाले कारोबार गर्न पनि मिल्ने खालको थोत्रो टिएमएसमाथि अर्थमन्त्रालयले चासो देखाएको छ ।  फागुन ३० गते सोमबार सेयर बजार खुलेको २ घन्टापछि कारोबार रोकिएको घटनाको चौतर्फी विरोध भएपछी अर्थमन्त्रालयले पनि यस विषयमा चासो देखाएको हो । शनिबार अर्थमन्त्रालयमा भएको विकास समस्या समाधान समितिको बैठ्कमा सेयर कारोबार रोक्नु गम्भीर भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले तत्काल छानबिन गर्न निर्देशन दिएका हुन् ।

‘केही दिनअघि नेप्से बन्द भएको कुरा गम्भीर हो । यो सामान्य बिषय होइन, त्यसैले अहिलेको नेतृत्वले यो समस्या समाधान गरोस्’ उनले भने, ‘यो प्राविधिक विषय मात्र होइन जस्तो लाग्छ । यो समग्र पुँजी बजारलाई नै असर गरेको छ ।’

यता राजस्व सचिव कृष्णहरि पुस्कर पनि यो विषयमा गम्भीर देखिएका छन् । उनले पनि सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न कडा निर्देशन दिएका छन् ।

नेप्सेले ब्रोकर डाटा सेन्टरमा आएको समस्या आएको भन्दै कारोबार रोकी अन्तत: बजार बन्द भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी