काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको कुल २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
२०८२ “च” नामक विकास ऋणपत्र चार वर्षे अवधिका लागि १५ अर्ब रुपैयाँ बराबरको र २०८३ “च” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १० अर्ब रुपैयाँ बराबरका गरी कुल २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।