×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंकको वार्षिक साधारणसभा चैत २० गते हुने, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एशिया बैंकको वार्षिक साधारणसभा चैत २० गते हुने, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एशिया बैंकले साधारणसभा गर्ने भएको छ । बैंकले चैत २० गते वार्षिक साधारणसभा गर्ने भएको हो । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने बैंकले जनाएको छ । सभा प्रयोजनका लागि बैंकले मंगलबार चैत ८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ७ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएकाले लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो ।

बैंकले सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने र संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । यस्तै स्वतन्त्र सञ्चालकमा विजया स्वारको नियुक्तिलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । संस्थापक र सर्वसाधरण सेयरधनी समूहबाट ३/३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी