काठमाडौँ । युद्धकैबीच युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरिएको छ । जसमा सबैभन्दा बढी कच्चा भटमास तथा सनफ्लावर तेलको भित्रिएको हो । रुस र युक्रेनबीच युद्ध चलिरहेको एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागले सोमबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल, ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ । यस्तै ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको तोरीको तेल भित्रिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्