×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब नाघ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब नाघ्यो

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भन्सार विभागले चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब नाघेको जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।
गत आवको सोही अवधिमा नेपालले ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।यस अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ । गत आबको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख बढीको आयात भएको थियो ।
यस अवधिमा एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ । गत आवको सोही अवधिमा नेपालबाट ८० अर्ब ७७ करोड ८८ लाख बराबरको सामान निर्यात भएको थियो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ ।
यस अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख बराबरको पुगेको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालमा १५९ देशबाट आयात भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी