×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लालीगुराँससँग रमाउँदै पर्यटक, कृषि औजार बनाएर जीविकोपार्जन गर्दै म्याग्दीका वृद्ध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : लालीगुराँससँग रमाउँदै पर्यटक, कृषि औजार बनाएर जीविकोपार्जन गर्दै म्याग्दीका वृद्ध

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।

समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको हालडाँडामा ढकमक्क फुलेको लालीगुराँससँग रमाउँदै गरेका आन्तरिक पर्यटकदेखि म्याग्दीको बेनी नगरपालिका–१ सालघारीमा आरनमा कृषि औजार बनाउँदै गरेका स्थानीयसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको हालडाँडामा ढकमक्क फुलेको लालीगुराँससँग रमाउँदै गरेका आन्तरिक पर्यटक ।

म्याग्दीको बेनी नगरपालिका–१ सालघारीमा आरनमा कृषि औजार बनाउँदै स्थानीय । आरनमा कृषि औजार निर्माण र मर्मत गरिन्छ ।

पर्यटकीय नगर चितवनको सौराहमा घुम्न आएका विदेशी पर्यटक काठको डुङ्गा चढेर राप्ती नदी पार गर्दै ।

पर्यटकीय नगर चितवनको सौराहमा सोमबार बिहान घुम्न आएका विदेशी पर्यटक राप्ती नदी किनाराबाट नदी तथा जङ्गलको अवलोकन गर्दै ।

चितवन राष्ट्रिय निकुञ्जमा सोमबार पखेटा फैलाउँदै मयूर ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–५, पाडाजुंगी सडक छेउमा बिक्रीका लागि राखिएका सिमेन्टका कलात्मक मूर्ति ।

देउखुरीमा रहेको राप्ती नदी नियन्त्रणका लागि तटबन्ध बनाउँदै । राप्ती गाउँपालिकाको ६ र ७ मा रहेका पाँच सय बिघा जमिन बगरमा परिणत भएको थियो । तटबन्धबाट सो जमिन खेतीयोग्य हुने भएपछि स्थानीय खुसी भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी