×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखनाथ महोत्सवमा छ करोड ४५ लाखको कारोबार, दुई लाख २० हजार दर्शकले गरे अवलोकन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लेखनाथ महोत्सवमा छ करोड ४५ लाखको कारोबार, दुई लाख २० हजार दर्शकले गरे अवलोकन

Artha Sarokar

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । लेखनाथ महोत्सवमा रु छ करोड ४५ लाखको कारोबार भएको छ । गत फागुन २६ गतेदेखि सञ्चालित १७औँ संस्करणको सो महोत्सवमा दुई लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक छत्रधर आत्रेयले जानकारी दिनुभयो ।
महोत्सव सोमबार सम्पन्न भएको छ । सो अवसरमा गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यापारिक मेला महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो । व्यापारिक मेलाले क्रेता र विक्रेताका बीच वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले गण्डकी क्षेत्रमा सङ्घले बर्सेनि आयोजना गर्ने मेला नेपालकै उत्कृष्ट महोत्सव बन्ने गरेको बताउनुभयो ।
मन्त्री शर्माले एकता र सहकार्यबाट सफलता प्राप्तिमा बल पुग्ने बताउँदै प्रदेश सरकारले पोखरामा वैकल्पिक औद्योगिक क्षेत्रका रुपमा पूर्णीटारमा सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाएको उल्लेख गर्नुभयो । पोखराको बीच भागमा रहेको औद्योगिक क्षेत्रलाई विस्थापन गरी पूर्णीटारमा सार्ने गरी काम भइरहेको उहाँको भनाइ छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यावसायिक सुरक्षाका लागि स्थानीय प्रशासनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विषम परिस्थितिमा आयोजना गरिएको महोत्सवले शिथिल भएको स्थानीय अर्थतन्त्रलाई चलायमान गराउन सफल भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उत्पादक र उपभोक्ताको प्रत्येक्ष सम्बन्ध हुने यस्ता खालाका मेला महोत्सव सरकारीस्तरबाट आयोजना गर्नुपर्ने सुझाव दिनुभयो । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी