Skip to content
LAXMI SUNRISE BANK

२ करोड ५६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । प्रहरीले ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई बालाजुबाट पक्राउ गरेको हो ।
पीडितको नवलपरासी जिल्लास्थित जग्गा-जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनुपर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK