×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बागलुङमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको थामी नसक्नु भिड, काठको ठेकी बनाउँदै भोजपुरका स्थानीय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बागलुङमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको थामी नसक्नु भिड, काठको ठेकी बनाउँदै भोजपुरका स्थानीय

Artha Sarokar

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्यादी प्रहरीमा भर्ना हुनका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालय बागलुङ अगाडि लामबद्ध भएका युवायुवतीदेखि भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउदै गरेका स्थनीयसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

नेपाल सरकारले आगमी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी खुलाइएको म्यादी प्रहरीमा भर्ना हुनका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालय बागलुङ अगाडि लामबद्ध भएका युवायुवती ।

भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउदै चँदारा । स्थानीय भाषामा ‘चँदारा’ भनिने यो पेशामा न्यून ज्यालाका कारण नयाँ पुस्ताको रोजाईमा पर्न छाडेको  चँदाराहरु बताउँछन् ।

बागलुङको गलकोट नगरपालिका–७ मल्मका किसान गहुँका बाला टिप्दै । गाउँघरमा यतिबेला गहुँ बाली भित्र्याउने चटारो छ ।

शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारमा ट्रकबाट सिमेन्ट झार्दै मजदुरहरु ।

नुवाकोटको किस्पाङ गाँउपालिका–१, भाल्चेमा सिँचाइ अभावले बाँझो राखिएको खेत । आकासे पानीको सहायताले बर्खामा एकबाली खेती लगाउँदै आएका यहाँका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नुवाकोटले बहुबर्षीय कार्यक्रमअन्तर्गत यो आर्थिक वर्षमा रु एक करोड लगानीमा सिँचाइ कुलो बनाउन सुरु गरेको छ ।

धौलागिरि आइसफल पदमार्गको पर्यटकीय गन्तव्य भेडिओढार क्षेत्रमा घुम्न आएका आन्तरिक पर्यटक ।

पर्यटकीय नगरी चितवनको सौराहस्थित चितवन राष्ट्रिय निकुञ्जमा देखिएको चितल (जरायो) ।

चितवन राष्ट्रिय निकुञ्जमा देखिएको एक सिंगे गैँडा ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी