×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक र आरएमडिसी लघुवित्तको लिलामी सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक र आरएमडिसी लघुवित्तको लिलामी सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता र छिमेक लघुवित्त वित्तीय संस्थाको ६ लाख ६ हजार १४० कित्ता सेयर फागुन ५ गतेदेखि लिलामीमा ल्याएको थियो ।
उक्त सेयर खरिद गर्न इच्छुक दुबै कम्पनीका विद्यमान संस्थापक सेयरधनीले बुधबार कार्यालय समयभित्र बिओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालमा काठमाडौंमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आरएमडिसीको सेयर मूल्य प्रतिकित्ता रू.५४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयर संख्याको लागि आवेदन दिन सकिने छ ।
यता छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयरमा बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयर सख्याको लागि आवेदन दिन सकिने छ। सेयर बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी