×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बुधबारे हटियामा गेडागुडी बिक्री गर्दै स्थानीय वृद्धा, मेलामा उखुको जुसको व्यापार गर्दै व्यवसायी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बुधबारे हटियामा गेडागुडी बिक्री गर्दै स्थानीय वृद्धा, मेलामा उखुको जुसको व्यापार गर्दै व्यवसायी

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्यादी प्रहरीमा भर्ना हुनका लागि मङ्गलबार जिल्ला प्रहरी कार्यालय बागलुङ अगाडि लामबद्ध भएका युवायुवतीदेखि भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउदै गरेका स्थनीयसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा लाग्ने बुधबारे हटियामा आफूले उत्पादन गरेको गुन्द्रुक,भटमासलगायत गेडागुडी बिक्री गर्दै स्थानीय वृद्धा ।

घोराही–१४, झिगौरामा लागेको औद्योगिक, पर्यटन तथा कृषि मेलामा उखु पेलेर जुस निकाल्दै उखु व्यवसायी । एक गिलास जुसको ४० रुपैयाँमा बिक्री भइरहेको उनी बताउँछन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा श्रमदानबाट खानेपानीको पाइपलान जडानका लागि खाल्डो खन्दै स्थानीयवासी । देवीस्थानमा एक घर एक धारासहितको खानेपानी आयोजना निर्माणाधीन छ ।

बागलुङको ताराखोला गाउँपालिका, ५ करिमेलाका किसान अकप्रसाद रोकाले टनेलमा उत्पादन गर्नुभएको तरकारी खेती । घरायसी प्रयोजन र व्यावसायिक उत्पादनका लागि पछिल्लो समय तरकारी उत्पादन गर्न किसानले प्लाष्टिक घरको प्रयोग गर्ने गरेका छन् ।

ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार । दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका सरकारी कार्यालय र नेपाल टेलिकमको सेवासमेत प्रभावित भएको छ ।

दक्षिण एशियाकै नमूना घलेगाउँ । घलेगाउँमा रहेको लोपोन्मुख घुमाउने घर र भेँडी गोठ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको पुनःनिर्माण गरिँदै । द्वन्द्व कालमा असुरक्षाको कारण देखाउँदै बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि सरकारले ठेक्का दिएर काम थालेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी