राँझा । खजुरा गाउँपालिकाका क्रियाशील महिला उद्यमी समूह सहकारी संस्थामा रुपान्तरण हुन थालेका छन् । उक्त गाउँपालिकामा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत विभिन्न समूहमा आवद्ध महिला अब सहकारीको बाटोमा अग्रसर हुन थालेका हुन् ।
गाउँपालिकाका तीन हजार महिलालाई सहकारीमा आवद्ध गर्दै उनीहरूको आर्थिक, सामाजिक रुपान्तरण गर्न लागिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । उनका अनुसार अहिले महिलालाई सहकारीमा आवद्ध गराउँदा हुने फाइदाका बारेमा जानकारी दिने काम भइरहेको छ । व्यावसायिक विकासका लागि उत्पादित सामग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधि, वित्तीय सेवा बचत ऋण र बिमा, बजारीकरणका लागि मार्केट सेन्टरको खोजीलगायत फाइदाका लागि समूहका महिलालाई सहकारी जोड्न लागिएको अध्यक्ष कक्षपतिको भनाइ थियो ।
हेफर नेपालको प्राविधिक सहयोग र इन्रुडेकसँगको साझेदारीमा गाउँपालिकाले सञ्चालन गरेको यो कार्यक्रममा पहिलो वर्ष ४० युवालाई रु ४० हजार दिएर रोजगारमूलक व्यवसायमा लगाइएको गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्