काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ भर्ने आज शुक्रबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज साँझ कार्यालय समयसम्म आवेदन दिन सक्ने भएका हुन् । शुक्रबार बिहान १०ः०५ बजेसम्ममा १८ लाख ७७ हजार १४७ जना आवेदकहरुले २ करोड २७ लाख ९३ हजार ३६० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ७.९२ गुणा बढी हो ।
कम्पनीले मंगलबार चैत ८ गतेबाट सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामुहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।