×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकम र जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल टेलिकम र जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा शुक्रबार नेपाल टेलिकम र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । दुवै कम्पनीको बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज शुक्रबार बुक क्लोज गरेका छन् ।
नेपाल टेलिकमको समायोजनपछिको भाउ १ हजार २२० रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । कम्पनीको २०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । कम्पनीले गत वर्षको नाफाबाट २०% बोनस सेयर र २०% नगद गरी कुल ४०% लाभांश वितरण गर्दैछ ।
यता जीवन विकासको समायोजनपछिको भाउ ३ हजार रुपैयाँ निर्धारण भएको छ । यसको ७०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यसले गत आर्थिक वर्षको नाफाबाट ७०% बोनस सेयर र कर प्रयोजनका लागि ३.६८% नगद लाभांश वितरण गर्दैछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी