काठमाडौं । एनएमबी बैंकले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक विजय बाबु श्रेष्ठले आफ्नो नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसको मूल्य भने खुलाइएको छैन ।
यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् भने सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिनभित्र एनएमबि बैंकको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
सो समयमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारणलेसमेत किन्न सक्ने गरी बिक्री खुला गरिने छ ।