बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन् । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीब्र रूपमा अघि बढाउन निर्देशन दिए । यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ ।
यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकाली जानकारी दिए । १० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मा लामा कन्ट्रक्सन प्रालिले लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्