पर्साको ठोरी गाँउपालिको ओडारमा चैते धान रोप्दै किसान । पर्सा जिल्लाको उत्तरी भेगका किसानले वर्षमा दुई बाली धान र एक बाली गहुँ उत्पादन गर्ने गरेका छन् ।
भक्तपुर नगरपालिका–४,कुम्हाले टोलमा खुत्रुकेमा रातो माटोको रङ्ग लगाउँदै महिला ।
म्याग्दीको बेनी बजारको सडकमा सडक वारपार गर्ने जेब्रा क्रस बनाउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपाका कार्यकर्ता र ट्राफिक प्रहरी । बेनी बजारको यातायात र ट्राफिक व्यवस्थापनका लागि विभिन्न ठाउँमा जेब्रा क्रस बनाएका छन् ।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा दमौलीमा जारी आठौँ तनहुँ महोत्सवमा राखिएका गैँडाको मूर्ति अगाडि तस्वीर खिचाउँदै सर्वसाधारण ।
घोराही– १७, कर्जाहीका किसान हिउँदे बाली मसुरो काट्दै । यसपालि समयमा पानी परेकाले बाली राम्रो भएको उनीहरू बताउँछन् ।
तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित खेतमा चैतेधान रोप्नका लागि गोरुको सहायतले खेत साउदै कृषक । जिल्लाका विभिन्न ठाउँका कृषक यतिबेला चैतेधान रोप्न व्यस्त छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२, गिरान्चौरमा निर्माण गरिएको निर्मित नम्डोललिङ एकीकृत बस्ती ।
घोराही– ६, गुरुवागाउँमा चरणका लागि राखिएका मौरी ।