×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

PRIME CA

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । पोखरेल आगामी ४ वर्षे कार्यकालको लागि कम्पनीको सिइओ पदमा नियुक्त भएका हुन् । कम्पनीको बिहीबार बसेको ३४५औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकले आगामी असार १८ गतेदेखि लागू हुनेगरी पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।
बैंकको यसअघिका सिइओ गोविन्द गुरुङले गत वैशाख १८ गते राजीनामा दिएपछि खाली रहेको उक्त पदमा पोखरेल नियुक्त भएका हुन् । सिइओ पोखरेल यसअघि सोही बैंकको डेपुटी सिइओ थिए । सन् १९९१ बाट बैंकिङ करियर सुरु गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंकमा कार्य गरेको अनुभव छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: