काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणालीको सञ्चालन समय सीमा बढाएको छ । राष्ट्र बैंकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी सञ्चालन सीमा बढाएको हो ।
राष्ट्र बैंकले माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म ९ बजेदेखि ४ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ ।
यस्तै शुक्रबार बिहान ९ बजेदेखि दिउसो १ः३० बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको छ ।