लमजुङ । चिल्ली खोलामा मोटरेवल पुल निर्माण गरिएको छ । राइनास नगरपालिका–१ र दूधपोेखरी गाउँपालिका–५ लाई जोड्न चिल्ली खोलामा पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको रु दुई करोड ५२ लाख १९ हजारमा पुल निर्माण सम्पन्न भएको हो । डेबस्यार गरवासी रुम्बा जेवि निर्माण कम्पनीले २०७६ चैतमा पुल निर्माण गर्न सम्झौता गरेको थियो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण लकडाउन गरिएपछि काम ढिला सम्पन्न भएको गिरीले बताउनुभयो । पुलले राइनास नगरपालिका र दूधपोखरी गाउँपालिकालाई जोडेको छ । पुल बनेपछि बोराङखोला बिचौर दूधपोखरी सडकमा बाह्रैमास यातायातसेवा सञ्चालन गर्न सकिने बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्