काठमाडौँ । विभिन्न बैंकबाट करोडौँ रकम ऋण लिएर फरार भएका र पछि सबै रकम तिर्ने भन्दै नेपाल फर्किएका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ७ करोड ६० लाख रुपैयाँ बराबरको विगो र जरीवाना दाबी गर्दै ग्रिनलाइनका सञ्चालक अग्रवालविरुद्द बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
अग्रवाल भारत पश्चिम बंगाल सिलगुरीका हुन् । विभागले ग्रिनलाइनले राजस्व चुहावट गर्ने मनसायले कानून वमोजिमको बिल बिजक नगरी अर्डर र इस्टिमेट फर्मबाट प्राप्त आम्दानीलाई आफ्नो ब्यवसायको आधिकारीक बिक्रि आम्दानीमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको साथै आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको जनाएको छ ।
विभागले मूल्य अभिवृद्धि कर अन्तर्गत ३ करोड ८० लाख ३१ हजार ८५२ रुपैयाँ विगो कायम गरी उक्त कायम बिगोको शतप्रतिशत जरिवाना तथा हदैसम्मको कैद सजाय माग गरेको छ । साथै अग्रवालको घरबाट विभागले १ करोड ५० लाख रुपैयाँ जफत गरेकोले दुई करोड ३० लाख ३१ हजार मात्रै असुल उपर गर्न र हदैसम्मको कैद सजायसमेत माग गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्