काठमाडौं । पेट्रोलियम पदार्थको आयात, बिक्री तथा वितरणमा रोक लागेको छ । पेट्रोलियम पदार्थको ढुवानीकर्ता व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी खर्च समायोजन नगरेको भन्दै बिक्री वितरण रोक लगाएका हुन् ।
व्यवसायीहरूले गत फागुन २० गते पत्रकार सम्मेलन गरेर १५ दिनभित्र ६ बुँदे माग पूरा गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका थिए ।
निगमको एलपीजी विनियमावली, बिक्रेता विनियमावली तथा ढुवानी सम्बन्धी संस्थाको सुझाव लिएर मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग छ । सार्वजनिक यातायातको भाडादर अनुसार पेट्रोलियम ढुवानी साधनमा ढुवानी भाडा लागू गर्नुपर्ने व्यवस्था रहेको छ ।