Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको १४ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । कामना सेवा विकास बैंकले १४ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले गत फागुन १३ गते कम्पनीका संस्थापक सेयरधनी दिपकलाल बटाजुको नाममा रहेको उक्त सेयर बिक्री गर्ने ३५ दिने सूचना जारी गरेकोमा सेयर खरिद गर्न कुनै निवेदन नआएकाले कम्पनीले अन्य व्यक्ति वा संस्थामा उक्त सेयर बिक्री गर्ने भएको हो ।
सो सेयर खरिद गर्न इच्छुक व्यक्ति र संस्थाले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK