काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा चैत २१ गते सोमबार हुने भएको हो । सभा होटल भिष्वा वीरगंज पर्सामा बिहान ९ बजेदेखि हुने भएको छ । सभामा कम्पनीले प्रस्ताव गरेको १४.७३ प्रतिशत लाभांश पारित हुने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले १४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
यस्तै सभामा कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० को अनुपातलाई ५१ः४९ कायम गर्ने प्रस्ताप रहको छ । उक्त संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । यस्तै २०७६/७७ को नाफा /नोक्सान हिसाब/किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेको छ ।
सभाले २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरेको थियो । तर्सथ चैत ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश तथा सभामा भाग लिन पाउने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्