×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अनावश्यक क्षेत्रमा लगानी नगरौँ, आफ्ना वस्तुहरुको बजारीकरणमा जोड दिनु आजको आवश्यक्ता हो’ : ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘अनावश्यक क्षेत्रमा लगानी नगरौँ, आफ्ना वस्तुहरुको बजारीकरणमा जोड दिनु आजको आवश्यक्ता हो’ : ओली

Artha Sarokar

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनपछि मुलुकमा राम्रो दिनको सुरुवात हुने बताउनु भएको छ । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गर्नु भएको हो । निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकीर गर्नु भयो ।
ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गर्नु भयो । अव कोभिड पनि समाप्त हुने चरणमा पुगेकाले व्यवसायीका लागि पनि अवको दिन भने राम्रो हुने उहाँको भनाई थियो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अहिले त हामी चुनावतिर छौं । तपाईहरुले पनि यसो समय निकाल्नु होला । सके प्रचारप्रसार गर्नु होला । सक्नु भएन भने भोट हाल्नु होला । अव मैले यो भन्दा धेरै अरु केही भनिरहनु पर्ला जस्तो लाग्दैन । अव कोभिड पनि समाप्त हुँदैछ । हाम्रो राम्रा दिनहरु अव आउन सुुरु हुन्छ । स्थानीय तह निर्वाचन पछि राम्रा दिन सुरु हुन्छ । पछिको निर्वाचनबाट झ्याप्पै राम्रा दिन आउँछ ।’
ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले अनावश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अव त्यसको भर पर्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी