झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित रवि पेट्रोल सेन्टरमा पेट्रोल भर्न पालो पर्खेर बसेका नागरिक ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ मदानपुरमा किसानले खेतमा लगाएको चैते धान । सिँचाई कुलोको सहजता भएसगैँ यहाँका किसानले वर्षमा दुई बाली धान लगाउन थालेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँसको जंगल अवलोकन गर्दै पर्यटक । लालीगुराँस फुलेसँगै घोडेपानीमा पर्यटकको चहलपहल बढेको छ ।
आफूले उत्पादन गरेको तरकारी बागलुङ बजारको ट्राफिकचोकस्थित घरघरमै पुगेर बिक्री गर्दै किसान ।
घोराही– १४, झिगौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा लगाएको जौं बाली काट्दै कामदार । होम गर्न जौको प्रयोग गरिन्छ ।
म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी गन्दै गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी । पछिल्लो १३ दिनको अवधिमा रु चार लाख ९२ हजार ४०५ भेटी सङ्कलन भएको कोषले जनाएको छ ।