काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका विषय विज्ञ माग गरेको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि अनुसार विषय विज्ञ माग गरेको हो ।
वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिमा रहने विज्ञहरूको सूची तयार पार्ने निर्णयानुसार इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । जसमा वातावरणविज्ञ, वन, वन्यजन्तु विज्ञलगायत रहेका छन् ।