Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसूरको मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना तोकिएका लामा पक्राउ

अर्थ सरोकार

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ५ लाटेबोटडाँडा ठेगाना भएका ३३ वर्षीय बज्र सिंह लामालाई मंगलबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भए पछी उनी फरार रहेका थिए ।  लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK