×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : मुक्तिनाथमा दर्शनार्थीको चाप ह्वात्तै बढ्यो, उखुको जुस बिक्री गर्दै व्यापारी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : मुक्तिनाथमा दर्शनार्थीको चाप ह्वात्तै बढ्यो, उखुको जुस बिक्री गर्दै व्यापारी 

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले मुस्ताङको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनको भिडदेखि कपिलवस्तुको शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै गरेका व्यवसायीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
मुस्ताङको प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न पुगेका भक्तजन । पछिल्लो दुई साता यता मुक्तिनाथमा दर्शनार्थीको चाप बढेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–३, जवईखोलास्थित देउरालीमा उखुको जुस बिक्री गर्दै रामकृष्ण टेवट । टेवटले गर्मीयाममा उखुको जुस बिक्री गरेर दैनिक रु दुई हजारदेखि रु चार हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, तल्लो घोडेपानीको मनमोहक दृश्य ।

घोराही–१४ झिगौरामा स्वर्गद्वारी आश्रमद्वारा पालिइएका गाई । चराउन ल्याइएका गाई फर्कंदै । बिहान शित्तलमा चराउने र दिउँसो घाममा गोठमा राख्ने गरिन्छ ।

हवाई जहाजबाट देखिएको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल ।

मेलम्ची– ९, ज्यामिरेका किसान अष्टमान तामाङको परिवारले फलाएको १० केजी ४०० ग्रामको मुला कृषि कार्यालय मेलम्चीमा प्रदर्शन गरिँदै ।

चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाइँकुण्ड । पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र स्नान गर्न सहज भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी