काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको छ । टेलिकमको प्रबन्ध निर्देशकको लागि संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस भएको हो । सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिको आजको बैठकले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि उनीहरुको नाम सिफारिस गरेको हो ।
पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत छन् भने पौडेल बाहिरबाट सिफारिसमा परेका हुन् । पौडेल हाल संचार मन्त्रालय अन्तर्गतकै राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत रहेका छन् । यता नेपाल टेलिकमका कर्मचारीहरु भने टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै आन्दोलित बनेका छन् ।
बुधबार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ती गर्ने तयारी गरीरहेको बेला कर्मचारीहरुले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्