×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेस्थित लिलावती खोलामा पाँच हजार माछाका भुरा छाडियो, माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काभ्रेस्थित लिलावती खोलामा पाँच हजार माछाका भुरा छाडियो, माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्य

Artha Sarokar

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले माछा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय लिलावती खोलामा विभिन्न जातको पाँच हजार माछाका भुरा छाडेको छ । उक्त खोलाअन्तर्गत आज नगरको वडा न १, २ र ३ नम्बरका विभिन्न स्थानमा माछाका भुरा छाडिएको हो ।
खोलामा राहु, नैनी र असला जातको माछाको भुरा छाडिएको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । नगरप्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बञ्जारा र वडाध्यक्ष गुणनाथ सापकोटालगायतले संयुक्तरूपमा खोलामा माछाका भुरा छाड्नुभएको थियो । नगरप्रमुख न्यौपानेले पर्यावरण र जैविक विविधताको संरक्षण तथा चराको आहारका लागि उक्त खोलामा माछा छाडिएको बताउनुभयो ।
करेन्ट र विषादीको प्रयोगबिना परम्परागत तथा स्थानीय जातका उक्त खोलामा माछा संरक्षण गरी आम्दानीको स्रोत बढाउन सकिए नगरका अन्य खोलामा पनि माछाका भुरा छोडिने योजना बनाइएको छ । उक्त नगरको फुल्चोकी क्षेत्र ‘बर्ड–हव’ भएकाले माछाका कारण चराको सङ्ख्यामा वृद्धि हुनेसमेत अपेक्षा गरिएको छ ।
शाखा प्रमुख मणिप्रसाद सापकोटाका अनुसार उक्त खोलामा अध्ययन गरी चितवनबाट ल्याइएको तीन जातका माछाको भुरा छाडिएको हो । उहाँले उक्त खोलामा फोहर फाल्न, वडा कार्यालयको सिफारिसबिना ढुङ्गा तथा गिट्टी निकाल्नसमेत निषेध गरिएको बताउनुभयो । हाल ‘फिङ्गर साइज’मा छाडिएको माछा एक वर्षसम्म मार्न नदिइने जनाइएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी