×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार, ७३.६८% लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शुक्रबार, ७३.६८% लाभांश पारित गरिने

Artha Sarokar

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज शुक्रबार चैत २५ गते शुक्रबार हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेबाट सुरु भएको हो ।
सभाले कम्पनीले प्रताव गरेको ७३.६८प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको हो । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुने एजेण्डा पनि रहेको छ ।
कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेण्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विषय पनि रहेको छ । साथै अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।
कम्पनीले सभाका लागि चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ११ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न र एजीएममा भाग लिन पाउने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी