×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँच वर्षमा ललितपुरका मेयर महर्जनले के-के काम गरे ? यस्तो छ पत्रकार सम्मेलनमार्फत दिएको विकासको नालीबेली !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाँच वर्षमा ललितपुरका मेयर महर्जनले के-के काम गरे ? यस्तो छ पत्रकार सम्मेलनमार्फत दिएको विकासको नालीबेली !

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

ललितपुर । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको बताउनु भएको छ । मेयर महर्जनले बिहीबार पत्रकार सम्मेलन गर्दै आफू निर्वाचित भएरको पाँच वर्षमा गरेको कामको विषयमा जानकारी दिनु भएको हो ।
उहाँले पत्रकार सम्मेलनमा आफ्नो पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गर्नु भयो । मेयर महर्जनले पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुन मसान्त्सम्म खर्च गरेको जानकारी दिनु भएको छ । उहाँले पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ ालख ४८ हजार २१४ राजश्व संकलन गरेको बताउनु भयो । पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण सम्पन्न भएको भन्दै मेयर महर्जन सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जिकिर गर्नु भयो । उहाँले महानगर भित्र वडास्तरीय तथा नगर स्थरिय गरी सात हजार पाँच सय विकास आयोजनाहरु सम्पन्न गरेको बताउनु भयो । स्माट सडक बत्ती महानगरका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपाङ्ग मैत्री रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको छ । ललितपुर महानगरमा मेयर भएर आएको पाँच वर्षको कार्यकालमा महानग।पालिकाको कुल बजेट २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ पारित भएकोमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४ गत फागुनमसान्त्सम्म खर्च भएको छ । राजश्व तर्फ जम्मा ७ अर्ब ७६ करोड ४४ ालख ४८ हजार २१४ राजश्व संकलन भएको छ । पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको डेढ इन्च मोटाईको ३२ किलो मिटर सड निर्मार्ण सम्पन्न भएको छ । पाँचवटा प्याकेजमा ८६ वटा सडक निर्माण भएका छन् । पूर्वाधार निर्माणमा वडास्तरीय तथा नगर स्थरिय गरी सात हजार पाँच सय आयोजनाहरु सम्पन्न भएका छन् । स्माट सडक बत्ती महानगर पालिकाका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान भएको छ । महानगर पालिका अन्र्तगतको चक्रपथको दुबै तर्फको गरी १५.८ किलोमिटर स्मार्ट सडक बत्ती जडान गएिको छ । महानगरले बनाएका सबै पूर्वाधार निर्माणका संरचना अपाङ्ग मैत्री रहेका छन ।’
त्यस्तै मेयर महर्जनले रिङ रोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताउनु भयो । उहाँले ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी दिनु भयो । महानगर भित्रका अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले १० लाखसम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘ रिङ रोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको छ । पुल्चोक कुपण्डोल फ्लाइओभर जापान सरकारले बनाउने भनेको काम प्रभावित भएको छ । सम्पदा निर्माणको लागि ललितपुर महानगर पालिकाले उच्च प्राथमिकता राखेर काम गरेको छ । अमूर्त सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमूर्त सम्पदा लोप हुन नदिन महानगरले अक्षय कोष स्थापना गरि त्यस्ता सम्पदालाई प्रवद्र्धन गर्ने नीति लिएको छ । त्यस्ता सम्पदा जोगाउनको लागि विभिन्न किसिमका १० लाख भन्दा बढीको अक्षकोष खडा गरेको छ ।’
त्यस्तै मेयर महर्जनले महानगरिय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सिसिटिभि जडान कार्य सूरु गरेको बताउनु भयो। महानगरपालिका भित्रका ८१ हजार घरघुरीलाई सडक संजालमा आधारित घर नम्बर वितरण गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘महानगरिय प्रहरी परिसर जावालाखेलसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जडान भएका नगरभित्र सिसिटिभि जडान कार्य सूरु गरेको छ । महानगर पालिकाभित्रका ८१ हजार घरघुरीलाई सडक संजालमा आधारित घर नम्बर वितरण गरिएको छ । महानगरले ललितपुरमा पर्यटक बसाइ बढाउनको लागि नेपाली पन झल्काउने होटल तथा रेष्टुरेन्टको विकास र निर्माणलाई प्राथमिकतामा राखिएको छ ।’
मेयर महर्जनले पाँच वर्ष कार्यकालमा गरेको प्रगति विवरणमा सडक बत्ती जडान देखि खेलाडीहरुलाई सम्मापन गरेको समेत समावेश गर्नु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी