×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हरियो मकै किन्दै पाल्पाका उपभोक्ता, तामाका भाँडा बनाउँदै बागलुङका कालिगढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : हरियो मकै किन्दै पाल्पाका उपभोक्ता, तामाका भाँडा बनाउँदै बागलुङका कालिगढ

Artha Sarokar

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पाल्पाको तानसेनस्थित नारायणस्थानमा बिक्री गर्न गाडीमा ल्याइएको हरियो मकै किन्दै गरेका उपभोक्तादेखि बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारका कालिगढ कृष्णबहादुर विक तामाको भाँडा बनाउँदै गरेकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

पाल्पाको तानसेनस्थित नारायणस्थानमा बिक्री गर्न गाडीमा ल्याइएको हरियो मकै किन्दै उपभोक्ता ।

बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारका कालिगढ कृष्णबहादुर विक तामाको भाँडा बनाउँदै ।

बाँकेको नरैनापुरका आगलागी पीडित १६ घरपरिवारलाई घर बनाउन नेकपा ९एमाले० बाँकेका नेताहरुले प्रदान गरेको जस्तापाता । अग्निपीडित प्रतिपरिवारले तीन बण्डल जस्तापाता पाएका छन् ।

विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आएका बिदेशी पर्यटकलाई मनाङको सदरमुकाम चामेस्थित गुम्बामा निर्माण गरिएका बुद्धका कलात्मक चित्रबारे जानकारी गराउँदै एक पथप्रदर्शक ।

सप्तरी जिल्लामा टाइफाइड खोप विरुद्धको खोप अभियान शुक्रबार शुरु भएपछि खोप लगाउँदै राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयका बिद्यार्थीहरू । विस २०७९ वैशाख ८ गतेसम्म दुई चरणमा गरी सप्तरीको नौ नगरपालिका नौ गाउँपालिकाको एक सय ५४ वडामा १५ महिनादेखि १५ वर्षमुनि उमेरका एक लाख ८० हजार एक सय ४७ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय सप्तरीले लक्ष्य लिएको छ ।

पुनःनिर्माण सम्पन्न भएको मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ३०० वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात दुई पोखरी ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी