×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसिएफसि फाइनान्सको २१औं शाखा झापाको विर्तामोडमा, मेयर सिवाकोटीद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आइसिएफसि फाइनान्सको २१औं शाखा झापाको विर्तामोडमा, मेयर सिवाकोटीद्वारा उद्घाटन

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो २१औं शाखा झापाको विर्तामोडमा सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७८ चैत २७ गते रामनवमीको दिन बाट प्रदेश नं. १, झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं. ०४, विर्तामोडमा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको हो । उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटी गरेका हुन् ।
फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए.टि.एम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ बर्ष देखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको जनाएको छ ।
चुक्ता पूँजी रु.१ अर्ब १२ करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हाल सम्म एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै रु.१६ अर्ब ५७ करोड निक्षेप संकलन र रु. १४ अर्ब ११ करोड कर्जा प्रवाह गरिसकेको उल्लेख गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी