काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार सुदृढ अर्थव्यवस्था छाडेर बाहिरिएको बताएका छन् । आइतबार एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो पालामा कोभिड महामारीको बेलासमेत अर्थतन्त्र राम्रो अवस्थामा रहेको बताउँदै अहिले गठबन्धन सरकारले लिएको नीतिले देशको अर्थतन्त्र खराब बन्दै गएको बताएका हुन् ।
उनले भने ‘केपी ओली सरकारले स्वस्थ्य र सुदृढ अर्थव्यवस्था छाडेर गएको थियो तर अहिलेको सरकारले गलत नीति लिंदा अर्थतन्त्र जोखिमको बाटोबाट गुज्रेको छ’ अहिलेको सरकार आएपछि अर्थतन्त्रका सूचकांकहरुमा निरन्तर गिरावट आइरहेको बताउँदै उनले केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्रलाई बचाइराखेको दाबी गरेका छन् । ‘अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउन पूर्ववर्ती सरकारले सही नीति लिएको थियो’ उनले भने ‘वर्तमान सरकारको गलत नीतिका कारण अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा आएको छ ।’
साथै उनले नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायलाई वर्तमान सरकारले मन्त्रालयको महाशाखा प्रमुख जसरी हस्तक्षेप गरेको आरोप लगाए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्