Skip to content
LAXMI SUNRISE BANK

‘देश विकासमा समाजवादी अर्थ व्यवस्थाको खाँचो छ’ : नेता पौडेल

अर्थ सरोकार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले मुलुकमा सामाजिक न्याय, समानता कायम गरी जनताको आर्थिक रूपान्तरण गर्न सकिने बताउनुभएको छ ।
पार्टी निकट युवा सङ्घ नेपालको कार्यालय बबरमहलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकमा भएका परिवर्तनले राजनीतिक उपलब्धि हासिल भए पनि जनताको आर्थिक वृद्धि, सामाजिक रूपान्तरण हुन नसकेकाले देश विकासका लागि समाजवादी अर्थ व्यवस्थाको खाँचो रहेको औँल्याउनुभयो ।
युवा सङ्घ नेपालका कार्यालय विभाग प्रमुख नरेश गिरीले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै अब युवावर्ग चुनावसम्बन्धी कार्यक्रम लिएर गाउँ–गाउँ जानुपर्ने र लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टी पोलिटब्यूरो सदस्य एवं युवा इञ्चार्ज दिलकुमारी पन्तले देशमा राजनीतिक स्थिरता कायम राख्न आसन्न स्थानीय निर्वाचनमा जनताले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गनुपर्नेमा जोड दिनुभयो । सङ्घका उपाध्यक्ष नीतेश पौडेल, उपमहासचिव सञ्जीप राई, कोषाध्यक्ष दीपक दुवाडीलगायतले जनताले बहुमत दिएर गठन भएको कम्युनिष्ट नेतृत्वको सरकार असफल भएर धरासायी भएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत समाजवादीले मात्र संरक्षण गर्नसक्ने बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६० जना नेता तथा कार्यकर्ता सो पार्टी प्रवेश गरेका छन । -रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK