काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-४ स्थित काली ईंटा उद्योगमा ईंटा बोक्दै मजदुर ।
सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजना स्थल । मेलम्ची खानेपानी विकास समितिले आजबाट खानेपानी सुरुङमा पठाउने तयारी गरेको छ ।
स्याङ्जाको वालिङ– ७ मा निर्माण सम्पन्न भएको भोटेखोरिया बाहुनधारा सिँचाइ पक्की कुलो । वालिङ नगरपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट झण्डै एघार लाखको लागतमा ७५० मिटर लामो कुलो निर्माण गरिएको हो ।
पाल्पा रामपुर नगरपालिका-४ स्थित हाम्रो आधुनिक कृषि फार्ममा लगाइएको तरकारी खेतीको अवलोकन गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पाल्पाका प्रमुख दिपक भट्टराई, रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेयलगायत ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर स्थित भानु मा.वि.को कम्प्युटर प्रयोगशालामा सोमबार पढ्दै विद्यार्थीहरु ।
खानेपानी मन्त्री उमाकान्त चौधरी मङ्गलबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पथान्तरण कार्यको उद्घाटन गर्दै ।