×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मार्टच्वाईस टेक्नोलोजिज र माईपे वालेटबीच सम्झौता, माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्मार्टच्वाईस टेक्नोलोजिज र माईपे वालेटबीच सम्झौता, माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड एससीटी र स्माटकार्ड नेपाल माईपे वालेट वीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

राजधानी काठमाडौंमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका  हुन् ।

यस सम्झौता पश्चात माई पे वालेट प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्छन् भने माई पे मार्फत बिभिन्न व्यापारव्यवसायमा आवद्व व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्ने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी