काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ५ पदका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले चिफ मार्केटिङ अफिसर, चिफ फाइनान्सियल अफिसर, ब्रान्च म्यानेजर, कर्पोरेट अफिसर र सीईओ मा कर्मचारीको माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यत्तिले सूचना सार्वजनिक भएको २ हप्ताभित्र कम्पनीको वेव साइटमार्फत आवेदन दिन सक्नेछन् ।