काठमाडौं । एकैदिन ११ अर्ब ६१ करोड राजस्व संकलन गरेको छ । सरकारले मंगलबार कर र गैरकर शिर्षकमा सो बराबरको राजस्व संकलन गरेको हो । हालसम्म सरकारले कर र गैरकर शिर्षकमा ७ खर्ब ६८ अर्बराजस्व संकलन गरेको छ । सरकारले यो वर्ष ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
चालु वर्षको पहिलो महिनामा राजस्व संकलन लक्ष्यभन्दा बढी भएको थियो । तर पछिल्लो समय आन्तरिक राजस्व संकलनमा भने गिरावट आएको छ । सरकारले चैत २९ गतेसम्म ८ खर्ब ९ अर्ब राजस्व संकलन गरेको छ । यस्तै खर्च भने ७ खर्ब ७२ अर्ब गरेको भन्सार कार्यालयले जनाएको छ ।